ज्ञानदा एकेडेमी बीरगंज र सनराइज इङ्लिस स्कुल चितवन बिजयी

साझेदारी दैनिक
330 पाठक संख्या

नवराज चौलागाईं/

नवौंं संस्करणको सिजि कप अन्तर बिद्यालय फुटबल प्रतियोगितामा ज्ञानदा एकेडेमी बिरगंज र सनराइज इङ्लिस स्कुल चितवन बिहीबार बिजयी भएकोछ ।

डिल्ली पब्लिक स्कुल वीरगंज बाराको खेल मैदानमा सम्पन्न भएको पहिलो खेलमा ज्ञानदाले कादम्बरी एकेडेमी बिरगंजलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

ज्ञानदाको जितमा नितेश यादवले ह्याट्रीक गरे । खेलको ५ औं, ११ औ ५६ औं मिनेटमा उनले गोल गरे । ज्ञानदाकालागी ह्याट्रीक पूरा गर्दै टोलिलाई बिजयी बनाएका नितेश खेलको प्लेयर अफ द म्याच घोषित भए । दोस्रो खेलमा सनराइज इङ्लिस स्कुल चितवन बिजयी भएकोछ ।

सनराइजले जिवनज्योती सेकेन्डरी स्कुल बिरगंजलाई ४–० गोल अन्तरले पराजित गरेकोहो । सनराइजको जितमा उत्कृष्ट प्रदर्शन गरेका उज्वल पटेल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा न्यु एकता स्कुल जितपुरसिमरा बारा र लिटिल फ्लावर स्कुल परवानिपुर पर्सा बिच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल साउथ जोन सेकेन्डरी स्कुल वीरगंज र सिमरा पब्लिक इङ्लिस स्कुल जितपुरसिमरा बारा बिच प्रतिस्पर्धा हुनेछ ।

चौधरी ग्रुपको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिता पौष १३ गतेसम्म संचालन हुनेछ ।

Leave a review