प्रसौनीमा नेकपा एमालेको शुभकामना कार्यक्रम सम्पन्न

साझेदारी डेलि
170 पाठक संख्या

प्रसौनाी । सामाजिक एकता र आपसी सद्भावलाई राजनीतिक संगठनको सुदृढीकरणसँग जोड्नुपर्नेमा नेकपा एमालेका नेताहरूले जोड दिएका छन्।

बाराको प्रसौनी गाउँपालिका कमिटीले आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरूले सामाजिक सम्बन्ध बलियो बनाउँदै पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन्।

एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज असोज मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू बलवीर चौधरी, एकवाल मियाँ र मोबिल आलम तथा मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेललगायतले चाडपर्वले समाजमा आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना विकास गर्ने बताए।

उनीहरूले चाडपर्वलाई औपचारिक शुभकामना आदानप्रदानमा मात्र सीमित नराखी समाजका विभिन्न समुदायबीच सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए। पार्टीलाई स्थानीय तहमा थप मजबुत बनाउन नेता तथा कार्यकर्ताबीच एकता र सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा मधेस प्रदेश सचिवालय सदस्य सुन्दरबहादुर विश्वकर्मा, एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।

पालिका कमिटीका अध्यक्ष नाजिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद जैसवालले सहभागीलाई स्वागत गरेका थिए। शशिकान्त ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू अमर यादव, धर्मदेव यादव, उमेश गुप्ता, सुनिल पाल र रफिक हवारी, प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक ध्रुव यादव, टीना सुबेदी, परवानीपुर गाउँपालिका कमिटीका अध्यक्ष राम यादव तथा विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष मनिर देवान सहभागी थिए।

त्यस्तै गजेन्द्र पटेल, नागेन्द्र ठाकुर, अशेश्वर गुप्ता, पर्सौनीका वडा अध्यक्षहरू इस्लाम हवारी, सन्तोष शाह र लालबाबु मुखियासहित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। ।

Leave a review