राम राजा बहुमुखी क्याम्पसको ४२ औं बार्षिकोत्सव मुख्यमन्त्री सरोज यादवले गरे उद्घाटन

संदिप प्रसाद यादव
316 पाठक संख्या

कलैयामा रहेको सवै भन्दो पुरानो राम राजा मो।वि शाह बहुमुखी क्याम्पसको ४२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बाराको सदरमुकाम कलैया उपमहानगर – ५ मा रहेको राम राजा मो।वि शाह बहुमुखी क्यामपसको प्राङ्गणमा आइतबार एक कार्यक्रम बीच आफ्नो ४२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।

राम राजा मो.वि शाह­ बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर चौरसियाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

मुख्यमन्त्री सरोज यादवले क्याम्पसमा भौतिक तथा पुर्वाधारहरु बनाउनमा सहयोग गर्ने र क्याम्पसलाई चाहिने सबै आवस्यकता पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

मुख्यमन्त्री सरोज यादवले क्याम्पसमा भौतिक तथा पुर्वाधारहरु बनाउनमा सहयोग गर्ने र क्याम्पसलाई चाहिने सबै आवस्यकता पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।उनका अनुसार मधेस विश्व बिधालय अन्तर्गत प्रदेशका हरेक सामुदायिक क्याम्पसलाई ल्याएर यसको बिकास गर्ने किसिमले पनि आफू अगाडि बढ्ने बताएका छन । प्रादेशिक अस्पताल कलैयालाई थप व्यवस्थित गर्ने,चिउताहामा छिटै इन्जिनियरिङ क्याम्पसलाई संचालनमा ल्याउने मुख्यमन्त्री यादवले बताए ।

कार्यक्रममा जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेल,जसपा नेपाल पार्टीका राजनीति समिति सदस्य रामकिशोर यादव,क्याम्पसका प्रमुख हरि भुसन कुशवाहा,बाराका क्षेत्र ३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह र क्याम्पसका विद्यार्थी मुन्ना राम लगायतकाले सम्बोधन गरेका थिए ।

क्याम्पसलाई स्थानिय वा प्रदेश सरकारले आफ्नो मातहत लिएर चलाओस नभए प्रसस्त बजेट अनुदान नदिए लथालिङ्ग अवस्थामा पुग्ने क्याम्पस प्रमुख हरिभुषण कुशवाहाले बताए ।

उनका अनुसार उच्च शिक्षाका लागि बनाईएको गरिबका छोराछोरी पढ्ने क्याम्पसमा जनप्रतिनिधिको पर्याप्त सहयोग नभएको बताए । १४ सय जम्मा बिद्यार्थी भए पनि पर्याप्त आवश्यक भौतिक संरचना संगै अध्यापक संख्या नहुदा कठिनाई भएको कुशवाहाले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन क्षेत्र ३ ख का प्रदेश सभा सदस्य महमद समीरले शिक्षा ,स्वास्थ र सिचाईलाई प्राथमिकतामा राखेर काम गरि रहेकोले यस क्याम्पसलाई पहिलो प्राथमिकतामा राखेको र क्याम्पसका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।

सप्ताहमा भएको विभिन्न खेलकुद प्रतियोगिताको बिजेता तथा उपबिजेता बिद्यार्थी खेलाडीहरुलाई मेडल,प्रमाणपत्र र ट्रफी बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिका कि उप प्रमुख रौशण प्रविण,पुर्व प्रदेश सभा सदस्य पारस साह,समाजसेवी सुरेश मोदक,क्याम्पसका पुर्व अध्यक्ष प्रभु पटेल,प्रहरी निरीक्षक बिमला कठायत,उधोग बाणिज्य संघ बाराका कोषाध्यक्ष सन्तोष बुढा,मान्ती सिंह,सन्चालक समिती सदस्य जोगिन्द्र कुशवाहा,क्याम्पस सन्चालक समिति सदस्य सरस्वती खरेल सहित क्याम्पसका शिक्षक तथा अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत समितिका उपाध्यक्ष महमद समिउल्लाहले गरेका थिए भने कार्यक्रमको संचालन श्री ३ चन्द्र उच्च माध्यमिक बिधालयका प्रधानाध्यापक रबिन्द्र गिरीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds