जनजागरण युवा क्लब (जेजेवाइसी) बाराले जिल्ला प्रहरी कार्यालय बारा अन्तरगत महिला तथा बालबालिका सेवा केन्द्र(महिला सेल)लाई मंगलवार विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले प्रहरीको महिला सेल बारामा आउने सेवाग्राहीको सुविधालाई मध्ये नजर गर्दै महिला सेललाई ५० हजार बराबरको तातो चिसो पानी आउने वाटर डिस्पेन्सर,औषधी सहितको प्राथमिक उपचार बक्स,४ थान ओढ्ने ओच्छ्याउने, २० थान प्लाष्टिकको कुर्सी,सेनेटरी प्याड लगायत गरी ५० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको संस्थालेजनाएका छ ।
संस्थाले इस्लामिक रिलिफ वल्र्डवाइडको सहयोगमा जेजेवाईसीको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण परियोजना अन्तरगत उक्त सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएकोछ ।
जेजेवाइसीका कार्यकारी निर्देशक श्रीनिवास बैठाको विशेष उपस्थितीमा मंगलवार उक्त सामग्री महिला सेलकी महिला सेल प्रमुख प्रहरी निरिक्षक विमला कठायतलाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रहरी निरिक्ष कठायतले बढ्दो शितलहरको समयमा भएको सहयोगबाट सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरेकी छिन । उनका अनुसार सेवाग्राहीको आधारभूत आवश्यकता परिपूर्ती गर्न यो सहयोग महत्वपूर्ण हुने जनाईन ।
संस्थाले न्यायका लागि आउने विभिन्न अवस्थाका विशेष गरी महिलाहरुले चिसो भुँईंमा बसेर छलफल गर्नुपर्ने, महिना मौसम अनुसारको प्रयाप्त पानी पिउन नपाइने,महिनावारीको अवस्थामा सेनेटरी प्याड नपाएर भौंतारीनुपर्ने जस्ता समस्या झेल्न नपरोस् भन्ने उद्देश्यले माग भए बमोजिमका अत्यावश्यक सामग्री दिइएको परियोजनाकी लक्ष्मी खरेलले जानकारी दिइन् ।
जेजेवाईसिद्धारा संचालित परियोजनाले महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको ७ वटा वडामा जलवायु मैत्री खेतीपाती,जिविकोपार्जन,खानेपानी तथा सरसफाई,संरक्षणका लगायतका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको खरेलले बताईन ।

