आठ मालपोत अधिकृतलाई भ्रष्टाचार मुद्दामा जेल सजाय र करोडौं जरिवाना

राम मण्डल
277 पाठक संख्या

मालपोत कार्यालय पर्साका तत्कालीन आठ जना अधिकृत सहित १० जनालाई भ्रष्टाचार मुद्दामा कैद सजाय र करोडौं जरिवानाको आदेश दिइएको छ ।

उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी रहेको ठहर गर्दै बिशेष अदालतले कैद र जरिवाना सजायको आदेश दिएको हो ।न्यायाधीशहरु टेक नारायण कुँवर,तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले सबैलाई दोषी ठहर गरेको थियो। सोही इजलासले बुधबार सजायको आदेश दिएको हो ।

अदालतले तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रलाई आठ वर्ष कैद र दुई करोड ५० लाख २३ हजार नौ सय ८१ रुपैयाँ जरिवाना सजाय सुनाएको छ। तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटी र तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीलाई पनि आठ वर्ष कैद दुई करोड ५० लाख २३ हजार नौ सय ८१ रुपैयाँ बराबरको आदेश दिएको हो ।

यसैगरी तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानालाई ७० लाख, ९१ हजार ९०० जरिवाना सहित ४ वर्ष कैदको विशेष अदालतले आदेश दिएको हो ।

पदमप्रसाद अर्याललाई २ वर्ष कैद र ३३ लाख ६३ हजार दुई सय जरिवाना भएको छ।अख्तियारले गत कात्तिक २० गते आर्थिक वर्ष २०७१÷७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरुको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम दाखिला नगरी हिनामिना गरेको उजुरीको छानबिन गरेको हो ।

सो छानवीनमा भ्रष्टाचार भएको पुष्टि भएपछि उनीहरु विरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुदा दायर भएको थियो ।

Leave a review

This will close in 0 seconds