कोल्हवी :तामागढी बचत तथा ऋण सहकारी संस्थाले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रघुनाथपुरमा सदस्य शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।
सहकारीले नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै आएको सदस्य शिक्षा कार्यक्रम नयाँबस्ती सेवाकेन्द्र अन्तर्गतको रघुनाथपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीको सेवाकेन्द्र नयाँबस्तीका संयोजक बिसु थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेका थियो ।
कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमाल र नयाँबस्ती सेवाकेन्द्र प्रमुख सरस्वती खनालले सहकारीको उदेश्य,कार्यक्षेत्र,गर्दै आईरहेको गतिविधी,सेवा सुविधा र निती नियमका बारेमा प्रस्तुति गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संचालक समितिका सहसचिव रामकाजी खड्का,सेवाकेन्द्र सिमरा सेवाकेन्द्र संयोजक सन्तोष पाण्डे,नयाँबस्ती सेवाकेन्द्रको उप–संचालन समिती सदस्य सन्तोष कुमार चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।


