जङ्गलको अभावमा मानिसको अस्तित्व नै समाप्त हुनः मण्डल

रञ्जन यादव
304 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको औराहा स्थित प्रगतीसिल सामुदायिक बन उपभोक्ता समुहको २६ औँ सधारणसभा सम्पन्न भएको छ ।

सधारणसभाको उद्घाटन मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै सभामुख मण्डलले बन जङ्गलको अभावमा मानिसको अस्तित्व नै समाप्त हुन सक्ने बताउँनुभएको छ ।

बन जङ्गलसँग गरिएको बेतिथिहरु आफैसँग हुने गरेको महसुस गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । बनजङ्गलको छेउँमा बस्ने मानिसको आयु अरुको तुलनामा ५/१० बर्ष बढी हुने गरेको जानकारी दिनुभयो ।

प्रगतीशिल सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष कुमारनाथ त्रिपाटीको अध्यक्षतामा भएको कार्यक्रममा बन क्षेत्रको संरक्षणमा योग्दान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,मञ्जु थापा,निबर्तमान प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा,सिता गुरुङ्ग,डिभिजन बन कार्यालयका अधिकृत जवाहर प्रसाद कुर्मी,ललन राउत कुर्मी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रगतीसिल सामुदायिक बनका डम्बर खड्काले गरेका थिए ।

Leave a review