बाराका ‘तपस्वी’ भनिने राम बहादुर बम्जनलाई प्रहरीले मंंगलवार पक्राउ गरेको छ ।
तपस्वी बम्जनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिआईबी)को टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाण्डौको बुढानिलकण्ठ स्थित एक घरबाट पक्राउ गरेको ब्यूरोका एक अधिकारीले जानकारी दिएका छन ।
बम्जन बाराको चारकोसे झाडी अन्तरग हलखोरिया जंगलमा निराहार तपस्या गरेर चर्चा कमाएका थिए । उनी विरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीको सीआईबीले उनलाई पक्राउ गरेका हो ।
बम्जन विरुद्ध किटानी जाहेरी परेपछि सीआईबी सहित कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनलाई खोजी गरिरहेको थिए । पटक पटक प्रहरीले बम्जनलाई पक्राउ गर्न प्रयास गरेपनि सफल हुन सकेको थिएन ।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । आफुलाइ ’लिटिल बुद्ध’ बताउदै आएका बम्जन लामो समय बाराको हलखोरिया क्षेत्र अन्तरगतको जंगलमा तपस्यामा बसेका थिए ।
पछिल्लो समय भने बम्जन सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । उनलाई पक्राउ गर्न प्रहरी सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा प्रहरीले छापा मारेको थियो ।
बारा निजगढका स्थायी घर भएका तपस्वी बम्जन झण्डै १० महिना निराहार पानी पनि नघाई तपस्यामा बसेपछि एका एक चर्चामा आएका थिए ।
यता तपस्वी बम्जन आबद्ध संस्था रहेको संस्था बोधी श्रवण धर्मसंघले भने उहाँ पक्राउ परेको समाचार निराधार भएको जनाएको छ । धर्मसंले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारहरुमा सत्यता नरहेको जनाएको छ ।
तपस्वी बम्जनमाथि १८ वर्षीय आनीलाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो ।
नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी बेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्र वाइबाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका थिए ।
यस्तै २०६९ सालदेखि २०७२ सालको बीचमा चारै जना बेपत्ता भएको बताइएको छ । पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएर बम्जनविरुद्ध थप आरोपहरू सहित प्रहरीमा उजुरीहरू गरेकी थिईन।
बम्जन विरुद्ध विभिन्न मुद्दामा उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको विशेष टोली र प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।


