स्रोत नखुलेको रकमसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने रविकुमार पटेललाई प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोक स्थित सडक खण्डमा वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा पटेलको साथबाट १३ लाख १५ हजार रकम बरामद भएको हो ।
बिभिन्न बैंकको खाली चेकहरु सात थान बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।
बरामद रकमको स्रोत नखुलेकोले हुण्डी कारोबारको आरोपमा पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


