दुई फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएका छन् ।

कुटपिटको मुद्दामा अदालतबाट १५ रुपैयाँ जरिवाना पाएका बाराको कोल्हवी नगरपालिका वडा नं.७ धोधर्पामा बस्ने ४४ वर्षीय जोगेन्द्र प्रसाद चौधरीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै लागू औषध मुद्दामा अदालतबाट २५ हजार रुपैयाँ जरिवाना पाएका महागढीमाई नगरपालिका वडा नं. ८ मा बस्ने ४५ वर्षीय द्वारिका प्रसाद यादव पक्राउ परेका छन् ।

Leave a review