राम मण्डल/
राप्रपाका अध्यक्ष कमल थापाले राज्य स्रोतको दोहन गरेर प्रमुख राजनतीक दलहरुका नेताले अकुत सम्पति कमाएकाले उनीहरुमाथि कारवाही हुनुपर्ने माँग गरेका छन ।
आईतबार वीरगञ्जमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।आफुहरु सतामा नभई जेलको काल कोठरीमा जानुपर्ने भएकोले अकुत सम्पति कमाएर बसेका नेताहरुले अहिलेको ब्यावस्थामा सुधार नचाहेको बताउदै थापको भनाई थियो ।
देशको परिस्थिती सधार भए देश र जनताले मुक्ति पाउने उनको भनााई थियो । भ्रष्ट शासकहरु सिँह दरबारको कुर्सीमा नभई जेलको काल कोठरीमा बस्नुपर्ने भएकाले प्रमुख राजनितीक दलहरुले परिबर्तन नचाहेको थापाले बताए ।
थापाले देशका प्रमुख राजनितीक दलहरुले नै देशको अवस्थालाई बिचार गरेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर कमी कमजोरी सच्याउनको आग्रह पनि गरे । सतामा रहेर वा बिपक्षमा रहेर होस प्रमुख राजनितीक दलहरुले राज्यमा एक किसिमको चक्रब्युह निर्माण गरेर राज्य सतामा प्रमख तिन चारवटा दलहरुले १७ बर्षसम्म कब्जा गरेर बसेको उनको भनाई छ ।
शैक्षिक कुटनितीक लगायत हरेक क्षेत्रमा आफना कार्यकर्ता भर्ती गरेर राज्यसता कब्जा गरेर प्रमुख दलहरुले ब्रहमलुट मच्चाएकोले आफनो पार्टी आन्दोलनमा उत्रिन बाध्य बनेको थापालको जिकिर थियो ।वीरगञ्जको सभाले देशमा कायम रहेको सँघीय गणतन्त्र नामको भ्रष्ट ब्यावस्थालाई अन्त्य गरेर राजसँस्था सँस्थापनाको लागि मदत पुगने उनले बिश्वास ब्यक्त गरे ।
बर्तमान ब्यावस्था र सँबिधानमा कायम रहेको बिकृतिलाई हटाईने बिशवास लिएको भएपनि अहिले सतामा रहेका प्रमुख राजनितीक दलहरुका कारण त्यस्तो हुन नसकेको थापाको भनाई थियो ।
बैधानिक बाटोबाट परिबर्तन ल्याउन सक्ने ढोकाहरु प्रमुख राजिनतीक दलहरुले बन्द गरिदिएका कारण आफुहरु आन्दोलनमा बाध्य भएर आउनु परेको उनले बताए ।जनतालाई तेस्रो जनआन्दोलनका तयारीका लागि पनि उनले आग्रह गरेका थिए ।
बिगत डेढ दशकदेखि राज्य सतामा कब्जा गरेर देशमा भूष्टा निती बिदेश निती लागु गरेको थापले बताए ।कोही मिटरब्इाजी कोही बैंकको ब्याजले पिराृेलिएको बेरोजगारीले यसवाहरु बिदेश पलायन हुन बाध्य भएको देश अहिले सँकटको दलदलमा भासिएको उनले बताए ।
सभालाई राप्रपाका उपाध्यक्ष राजिव पराजुली लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।

