सेवा प्रवाहलाई सहज र सरल बनाउने पहिलो प्राथमिकता : प्रजिअ घिमिरे

संदिप प्रसाद यादव
628 पाठक संख्या

जिल्ला प्रशासन कार्यालय र जिल्लाका अन्य निकायहरुमा सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै सहज र सरल रुपमा आम नागरिकसंग सेवा पँहुच पुर्‍याउने आफ्नो पहिलो प्रथमिकता रहने बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताएका छन ।

गृहमन्त्रालयबाट भर्खरै सरुवा भई जिल्ला प्रशासन कार्यालय बारामा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी घिमिरेले मंगलवार आप्mनै कार्य कक्षमा पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन ।

पत्रकारहरुसंग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरे जिल्ला प्रशासन कार्यालय बाराबाट दिईने सेवाहरु नगरिकता, पासपोटम,राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थीत गर्दै छिटो र सहज रुपमा सेवा पाउने गरी काम गर्ने बताएका छन ।

उहाले जिल्लामा हुने अवैध भन्सार छली,चोरी निकासीलाई नियन्त्रण गर्न प्रहरीको निगरानी बढाउने र अनुचित लेनदेन, मिटर ब्याजीलाइ कारवाही जस्ता कामलाई पनि प्राथमिकताका साथ काम गर्ने बताए ।

स्थानीय तहसंग समन्वय गरि बजार अनुगमन,लागु औषध नियन्त्रण तथा स्थानीय तहहरु संग सिसि टिभी क्यामरा जडान गराई, बढ्दो सवारी चोरीलाई नियन्त्रण गर्ने योजना रहेको बताए ।

सोही अवसरमा प्रजिअ घिमिरेले जिडिपीमा बारा जिल्लाको योगदान तथा अर्थतन्त्रमा राजश्व दिने तेस्रो जिल्ला भएकोले स्थानीय,सम्पुर्ण राजनिति दलका नेता तथा पत्रकारहरुको साथ सहयोग रहेमा उपलब्धीमुलक कामहरु गर्न सकिने भएकाले सवैको साथ र सहयोग आवश्यक रहेको जनाए ।

पत्रकारहरुसंगको कुराकानीमा प्रजिअ घिमिरेले पत्रकारहरुलाई कुनै कतैबाट असुरक्षित महसुस भए आफुलाई तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन्।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने,प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ,नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता,सचिव अनिल गौरव लगायत विभिन्न संचार संस्थाका संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

Leave a review

This will close in 0 seconds