विल भन्दा बढी मालसमानहरू लोड गरेको ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
375 पाठक संख्या

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान लोड रहेको एकवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बिल भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट सिराहातर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रकमा लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको प्रहरीको दाबी छ ।

सामानको मुल्याँकन करिब १७ लाख ५४ हजार २८७ रुपैया रहेकोे छ ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

Leave a review