बारा प्रहरीले अनरेक्स सिरप सहित तीन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट खटिएको प्रहरी टोलिले खोकीमा प्रयोग हुने १० बोतल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गरी यस बारे जानकारी दिएको हो । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगञ्जबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बिआर ०५ एए ४२८५न.को भारतीय कार गाडी शंकास्पद लागि रोकि जाँच गर्दा बोतल बरामद गरेको हो ।
गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको निम्न वमोजिम लागु औषध बरामद गरी गाडि समेत मानिसहरूलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरु लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले पर्सा, बहुदरमाई नगरपालिका वडा नं. ४ बस्ने कार चालक २० वर्षीय राजेश्वुर साह ,.कारमा सवार, जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. १७ बस्ने ३५ वर्षीय अमरूल्लाहहक अंसारी, कारमा सवार, ३५ वर्षीय शेख फजिललाई प्रहरीले पक्राउ गरेको हो । नेपाल सरकारले यो सिरपलाई प्रतिबन्ध लगाएको छ ।

