निःशुल्क आँखा शिवीरमा गरियो विधार्थीको आँखा परीक्षण

साझेदारी दैनिक
389 पाठक संख्या

कलैया : विद्यालय ब्यवस्थापन समितिको आयोजना र नगर आँखा अस्पताल सिम्रौनगढ़को सहयोगमा बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ मा निशुल्क आँखा शिवीर सम्पन्न भएको छ।

जमुनिया टोलमा रहेको श्री नेरा आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर शुक्रबार भएको हो। उक्त शिवीरमा दुई सय ५० जना विद्यार्थीहरुले आँखा परीक्षण गराएको बिधालय ब्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहले जानकारी दिए।

गर्मी महिनामा मानव स्वास्थ्यमा धेरै किसिमका समस्याहरु देखापर्ने गर्छ। यस याममा आँखा पनि एक रहेको हो।

बेलैमा सचेत भए गर्मीमा हुन सक्ने आँखा सम्बन्धी जटिल समस्याबाट बच्न सकिन्छ। कार्यक्रममा सिम्रौनगढ़ नगर आँखा अस्पतालका बरिष्ठ नेत्ररोग बिशेषज्ञ डाक्टर दिलीपकुमार यादव सहितको टोलीले आँखा परीक्षण गरेको थियो।

Leave a review

This will close in 0 seconds