वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

सप्तदिवसीय आबसीय धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ सुक्लैयामा रहेको मेहेरसागर आश्रममा सप्तदिवसीय आवासीय धार्मिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी धर्मका निजानन्दाचार्य १०८ श्रीकृष्णमणिजी महाराजको जन्मोत्सवको उपलक्षमा उक्त आवासीय धार्मिक प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रशिक्षण कार्यक्रम यही पुस ११ देखि शुरु गरि १७ गते समापन गरिएको छ ।
विदुषी माताजी उषा घिमिरे, साहित्याचार्य जनार्दन घिमिरे, धर्मप्रचारिका नवोदिता कथाकार उषारति प्रियाले धार्मिक प्रशिक्षण गराउनुभएको थियो । प्रशिक्षण कार्यक्रममा बारा, पर्सा, रौतहट, मकवानपुरका प्रणामी धर्मका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
यसैविच धार्मिक प्रशिक्षण कार्यक्रम अन्तरगत नै नेपाल महिला विकास संस्था निजगढले मेहेरसागर आश्रममा एक कार्यक्रमवीच अतिविपन्न परिवारका २५ जना बालबालिका न्यायो कपडा समेत वितरण गरेको छ ।
महिला विकास संस्थाका संस्थापक अध्यक्ष नेत्रकुमारी पौडेल छैटौं स्मृतिमा न्यानो कपडा बितरण गरिएको हो । आश्रमका संरक्षक समेत गरेका सास्त्री जनार्दन घिमिरे, विदुषी माताजी उषा घिमिरे र निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी खनालले बालबालिकाहरुलाई न्यायो कपडा वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!