फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
390 पाठक संख्या

प्रहरी कारवाहीको सिलसिलमा प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बारा जिल्ला अदालत कलैयाबाट जुवा मुद्दामा दुई सय रुपैया जरिवाना लागेको कैद जरिवाना तोकि वरदात पश्चात फरार रहेका कलैया उप–महानगरपालिका वडा नं.१४बघवन बस्ने अं.बर्ष ४५ को अशोककुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी सम्मानित बारा जिल्ला अदालत, कलैयामा उनलाई दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

Leave a review

This will close in 0 seconds