रबिन्द्र प्रसाद साह/
भारी बर्षाका कारण डुवान हुदै आएको कलैया उपमहानगरपालिका वडा नम्बर २७ बिजुलपुर टोलमा पानी निकासका लागि ह्युम पाइप लगाइएको छ ।
हलका बर्षा हुनेवितिकै डुवानमा पर्ने उक्त टोलमा पानी निकास नहुदा जलमग्न हुने गरेको थियो । कलैया उपमहानगरपालिकाको उक्त कार्यबाट बिजुलपुर टोलमा बर्षायाममा हुने खेती डुबानको समस्या लगभग समाधान भएको छ । जसबाट स्थानीयहरु हर्षित बनेको स्थानीय खेदु मिँयाले जानकारी गराएका हुन ।