मधेशी मुक्ति मोर्चाको कलैया नगर कमिटी गठ्न

साझेदारी दैनिक
282 पाठक संख्या

बारा : बाराको कलैयास्थित देवकीलाल धर्मशालामा शनिबार सम्पन्न एक भेलाले मञ्जुर मियाको अध्यक्षतामा ५५ सदस्यीय नेकपा माओबादी निकटस्थ मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको कलैया नगर कमिटी गठ्न गरेको छ।

नगर कमिटीको उपाध्यक्षमा योगेश्वर सिंह र निमेश यादव,कोषाध्यक्षमा दिलमाया धामी,सचिवमा रामबाबु सिंह,सह सचिवमा शम्भु पाण्डे र सन्तोषकुमार गुप्तालाई चयन गरेको छ।

मोर्चा बाराका अध्यक्ष उमेश यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा मोर्चाका संस्थापक नेता तथा संविधान सभा सदस्य रामअश्रे राम,मोर्चाका नेता नागेन्द्र यादव,नेकपा माओवादीका प्रभु यादव,मगनी पडित,प्रहलाद सहनी,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता मुस्लिम संगठनका इस्लाम अंसारी,राज खान लगायतकाले मन्तब्य ब्यक्त गरेको जिल्ला सचिव अनवर अन्सारीले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds