बारा प्रहरीले ५६ लाख ५५ हजार बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
जिल्ला प्रहरी बारा मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ५६ लाख ५५ हजरा ८ सय १९ रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२ सिमरा,सुर्य नेपाल स्थित वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना.३ ख ९४६६ र वीरगंजबाट धरान तर्फ जादै गरेको ना.५ ख २८१२ नं.को यात्रु वाहक बसमा लोड रहेको सामान प्रहरीले बरामद गरेको छ ।
उक्त यात्रु वाहक बसबाट कपडा ३३ थान,साडी २८ पिस र उफर ६५ पिस गरी अन्दाजी मुल्य रू.३ लाख १ हजार ४० रूपैया बराबरको बिल भरपाई नभएको सामान प्रहरीले बरामद गरेको हो ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित सर्लाहीबाट काठमाण्डौ तर्फ जादै गरेको ना.५ ख ६५९२ नं यात्रु वाहक बसमा लोड गरेको अन्दाजी ४ सय किलो प्याज र २६ किलो खजुर गरी अन्दाजी मुल्य रू.२८ हजार ८ सय रूपैया बराबरको बिल भरपाई नभएको समान प्रहरीले बरामद गरेको छ ।
वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.५ ख १७५९ नं.को पिकअपमा लोड गरेको कपडा १९ बोरा,सुर्ती ४ बोरा र अफजल (क्रिम) २ काटुन गरी अन्दाजी मुल्य रू. ९ लाख २७ हजार ५ सय ८२।रूपैया बराबरको बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको सामान सहित पिकअपलाई नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट पोखरा तर्फ जादै गरेको ना.४ ख ८४९४ नं.को ट्रकमा लोड गरेको मोटर पार्टस,कस्टोमेटिक आईटम र अन्य किराना आईटमहरू गरी अन्दाजी मुल्य रू.४३ लाख ९८ हजार ३ सय ९७ रूपैया बराबरको बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
सामान सहित ट्रक र पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको छ ।


