बारा प्रहरीले ९० बोरा अवैध प्याज बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा ईलाका प्रहरी कार्यालय प्रसौनी र ईलाका प्रहरी कार्यालय छतवाको संयुक्त प्रहरी टोलीले सो प्याज बरामद गरेको हो ।
टोलिले बिश्रामपुर गाउँपालिका वडा नम्बर २ कान्तिपुर टोल स्थितमा रहेको काएख राईस मिलमा अबैध रूपमा प्याज राखेको छ भन्ने सूचनाको अधारमा अवैध प्याज ठुलो र सानो गरी ९० बोरा बरामद गरेको हो ।
बरामद गरेको प्याज करिव एक लाख ५० हजार रूपैयाँ मूल्य बाराबरको रहेको प्रहरीले जनाएको छ ।
उक्त प्याज नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएका हुन् ।

