प्रेस सेन्टर नेपालको स्थापना दिवस,भरत चोकमा दीप प्रज्वलन

संदिप प्रसाद यादव
313 पाठक संख्या

कलैया : प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवस मनाइएको छ। यस अवसरमा कलैयाको भरत चौकमा मंगलबार दीप प्रज्वलन गरिएको छ।

माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ१५ गते अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठनको स्थापना भएको थियो। एकता,विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा यो क्रियाशील रहेको छ।

कलैया उपमहानगरपालिका माओवादी केन्द्रका नगर अध्यक्ष मुकेश साहको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै साहले पत्रकारिताको व्यवसायिकता र पत्रकारको हकहित सुनिश्चित गर्न प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेलेकोे बताए।

उनले पत्रकारहरू एकजुट हुनुपर्ने जनाए। नागरिकका समस्यालाई उजागर गर्दै सुसूचित गराउने जिम्मेवारी पत्रकारको रहेको उनले जनाए।

प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रीयंका कुमारी सोनीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा प्रेस सेन्टरका रमेश साह,कोषाध्यक्ष शर्मालाल बैठा,सदस्य बिजेन्द्र चौधरी,माओवादी केन्द्र नगर सदस्य संदिप गुप्ता,दिपक यादव,अनेरास्ववियु क्रान्तिकारी कलैया नगर अध्यक्ष सोनु पटेल,संतोष यादव लगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन प्रेस सेन्टर बाराका सचिव अखिलेश यादवको रहेको थियो।

Leave a review