सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले आगलागीका घटनाहरुबाट सचेत रहन चेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
बढ्दो आगलागीका घटनाहरुलाई मध्य नजर गर्दै सेवा केन्द्रहरुले आईतवार एक कार्यक्रमको यस्तो सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
सेवा केन्द्रले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटको कबरगाहा टोलमा आगलागी सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
सो अवसरमा आगलागी सम्बन्धी सचेतनामुलक सन्देश लेखिएका पर्चा तथा पम्पलेट वितरण गरिएको थियो भने आगलागीबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत संचालित उक्त कार्यक्रममा स्थानीय ३० जनालाई सन्देशमुलक पर्चा तथा पम्पलेट वितरण गरिएको केन्द्रका सचिव कुलनारायण प्रधानले जानकारी दिए।
सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको उक्त सचेतना कार्यक्रममा प्रहरी हवल्दार सुबास कुमार यादव र प्रहरी जवान राजु प्रसाद चौरसियाले आगलागीबाट हुन सक्ने जोखिम तथा यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।


