कलैया । बाराको कलैया उपमहानगरपालिकाको विभिन्न वडाहरुमा गरिब विपन्नवर्गको लागि बनाइएको घरहरुको स्थलगत अनुगमन गरिएको छ।
सेलभिप अन्तराष्ट्रिय सहयोग तथा कलैया उपमहानगरपालिका/वडा कार्यालयको सहकार्यमा विपन्न आवास २०२२ एवम विपन्न आवास कलैया २०२३ कार्यक्रम मार्फत निर्माण गरिएका घरहरुको स्थलगत अनुगमन गरिएको हो।
यस कार्यक्रम मार्फत २ बर्षमा कलैया उपमहानगरपालिका भित्रका विभिन्न वडामा निर्माण भएको आवास कार्यको स्थलगत अवलोकन/अनुगमन भएको हो।
सेलाभिप अन्तराष्ट्रियका मैनेजिङ्ग डाइरेक्टर हेनरी थिजसेनले स्थलगत अवलोकन गरेका हुन्।
उक्त अवसरमा मंच र दिपशिखा महिला सहकारीको पदाधिकारीहरुले स्वागत गरी कार्यक्रमको बारे बिस्तृत रुपमा जानकारी गराएका थिए।
मंचको स्थापना र गर्दै आइ रहेको क्रियाकलाप बारे उनीहरुले जानकारी गराएका हुन्। विभिन्न वडामा भएको आवास निर्माण कार्यको स्थलगत अवलोकन/अनुगमन गरिएको हो।
आवास निर्माणको स्थलगत अवलोकन/अनुगमन पश्चात समिक्षा गरिएको थियो ।
सेलाभिपका मैनेजिङ्ग डाइरेक्टर थिजसनले आफ्नो भव्यतापूर्वक स्वागत गरिएकोमा धन्यवाद व्यक्त गरे।
उनले योजना अनुसार काम भइरहेकोमा धन्यवाद दिदै आफु यहाँको कामले प्रभावित भएको बताए।
सामाजिक सम्बन्ध राम्रो बनाएको जनाउँदै यसले योजनामा सहभागि सबैको सहयोगात्मक काम राम्रो रहेको टिप्पणी गरे।
उनले लाभग्राहीले लाभ पाएकोमा प्रसन्नता व्यक्त गरे। आफ्नो संस्थाले सहयोग जारी राख्ने उनले जनाए।

