भन्सार छलीका मालसामान र भैसी भन्सार चलान

साझेदारी दैनिक
साझेदारी दैनिक 811 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न नाकाहरुबाट भन्सार छली गरेर अवैध रुपमा भित्रिएको मालसामान तथा भैसी वरामद गरि भन्सार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले मातहत इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा समेतबाट खटिएको प्रहरी गस्ती टोलीले कलैया उपमहानगरपालिका वडा नं.२० र सिम्रौनगढ नगरपालिका वडा नं. ६ स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मालसामान र भैसीलाई नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय पर्सामा सोमवार पठाएको छ ।

उक्त रकम बराबरको बिभिन्न किसिमको लताकपडा र उक्त लताकपडा ओसारपसार गर्न प्रयोग गरिएको दुई वटा मोटरसाईकल र सुवर्ण गाउपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल भित्राएको भैसी ३ वटा र पाडो गरि ६ वटा समेत बेवारीसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा दाखिला गरिएको बारा प्रहरी प्रहरीका प्रवक्ता गौतम मिश्राले जानकारी गराएका छन ।

वरामद भन्सार छलिका लताकपडा तथा भैसी समेत भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको बारा प्रहरीले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review