बारामा ७० हजार बराबरको अबैध समान बरामद

संदिप प्रसाद यादव
306 पाठक संख्या

बारा प्रहरीले ७० हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी मुल्य रू. ७० हजार ३ सय ३० रूपैया बराबरको अबैध समान बरामद गरेको हो ।

प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन स्थितमा भारतबाट नेपालतर्फ भन्सार छलीका गरी ल्याउदै गरेको स्टिलको बालटिन २२ वटा र रिफाईन तेल ४३.५ लिटर बरामद गरेको छ ।

बरामद गरेको समान अन्दाजी मुल्य रू.१९ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको भे १ ज १२०४ नम्बरको माईक्रो बसमा लोड रहेको चिनी १ सय ५० किलो,प्याज २ सय किलो,पानिपुरी ३३ किलो,पापड ३३ किलो,ओरे बिस्कुट १३ प्याकेट,चामल ८ बोरा र धारा तेल २४ लिटर बरामद गरेको छ ।

उक्त समान जम्मा मुल्य रू.५१ हजार ३ सय ३० रूपैया बराबरको बिल भरपाई नभएको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

समानहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds