रञ्जन यादब/
बारामा चेम्बरअफ कमर्स गठन भएको छ । बाराको सिमरामा ब्यवसायीहरुको भएको बैठकले रुपेश कुमार पोख्रेलको अध्यक्षतामा १० सदस्सीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद साह, सचिवमा शिव कुमार शर्मा, सहसचिवमा ईन्द्र प्रसाद पोख्रेल, कोषाध्यक्षमा सिता के.सि., सहकोषाध्यक्षमा कुन्दन कुश्वाहा रहेका छन । यसैगरी समितिको सदस्यहरुमा मञ्जु दहाल, मनलाल श्रेष्ठ, पवन श्रेष्ठ निर्मला के.सी, राधिका श्रेष्ठ रहेहका छन ।
बारा चेम्बरअफ कमर्श नामक ब्यवसाय सस्था, जिल्ला प्रसासन कार्यालय बारा कलैयामा दर्ता गरि सञ्चालनमा आएको हो ।
बारा चेम्बर अफ कमर्शमा प्रारम्भिक चरणमा साँतवटा स्थानीय तहको प्रतिनिधिहरुको सहभागिता रहेको संयोजक पोख्रेलले जानकारी दिनुभएको छ । उनले बाराको १६ वटै स्थानीय तहमा चेम्बर अफ कमर्श गठन गरिने लक्ष्य रहेको बताएका छन ।