बाराको कलैयामा शुक्रवार स्थानीय पत्रकारहरुलाई तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिकाको कार्यालयको आर्थिक सहयोगमा स्थानीय शुभारम्भ सहयोगी संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कलैया स्थित एभरेस्ट लजको सभा हलमा आयोजित उक्त कार्यक्रमको कलैया उपमहानगरपालिका वार्ड नम्बर १ का वडाअध्यक्ष मोहन बहादुर क्षेत्रीले दिपज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
शुभारम्भ सहयोगी संस्थाको आयोजनामा शुक्रबार एक कार्यक्रमका बिच स्थानीय पत्रकारहरुलाई तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त तालिम कार्यक्रममा सहभागीहरुलाई पत्रकार गोकुल घोरासाईनेले प्रशिक्षण दिएका थिए भने तालिममा कलैयाका २६ जना पत्रकारहरुको सहभागीता रहेकोे थियो ।
शुभारम्भ सहयोगी संस्थाका कार्यकारी निर्देशक निरज कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको तालिम उद्घान कार्यक्रममा उक्त तालिम कार्यक्रममा सहभागीहरुलाई पत्रकार गोकुल घोरासाईनेले प्रशिक्षण दिएका थिए भने तालिममा कलैयाका २६ जना पत्रकारहरुको सहभागीता रहेकोे थियो ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता,सचिव अनिल गौरव,पुर्व उपाध्यक्ष राकेश पाण्डे,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,सिकेन्द्र पासवान,समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य रमेश सुवेदी,कलैया उपमहानगरपालिका सामाजिक विकास शाखा का प्रमुख तपसी चौरसिया तथा विभिन्न मिडियाका प्रतिनिधिहरु लगायतका उपस्तिथि रहेको थियोे ।
सो कार्यक्रमको संचालन शुभारम्भ सहयोगी संस्थाका वरिष्ठ सल्लाहकार जगरनाथ जैसवालले गरेका थिए ।

