बारामा १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘को अवसरमा परवानीपुरमा र्याली निकालिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस बारा र पर्साले संयुक्त रूपमा र्याली निकालेका हुन् । परवानीपुर औद्योगिक करिडोरमा जम्मा भइ सुरु भएको र्याली चौकमा पुगी सभामा परिणत भएको थियो ।
परवानीपुर चौकमा रहेको बिएस पार्टी प्यालेसको सभा हलमा बुधबार एक कार्यक्रमका बीच १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मनाएका हुन् ।
उक्त कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस बारा र पर्साको जिल्ला कार्य समितिले संयुक्त रूपमा आयोजना गरेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस बाराका अध्यक्ष विश्वमणी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की रहनु भएका थिए ।
श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक,अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। यस वर्षको नारा‘सबैका लागी सामाजिक न्याय र मर्यादित रोजगारी ’भन्ने रहेको थियो ।
संवैधानिक राष्ट्रिय श्रम आयोग गठन गर,श्रमिक निरीक्षण प्रभावकारी कार्यन्वयन गर,रासन कार्डको व्यवस्था गर,श्रम अस्पताल स्थापना गर,लैङिक विभेद अन्त्य गर र १४५ धारा खारेज गर जस्ता नारा उक्त ¥यालीमा लगाईएका थिए ।
उक्त कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिका अध्यक्ष अमृत लाल जोशी र नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्कीले मजदुरको १४५ धारा खारेज गर्न माग गरेका थिए ।
मजदुरको नाममा काटिएको बोनस ३५ अर्ब रकम सामाजिक सुरक्षाको खातामा जम्मा रहेको उनले बताए । त्यो रकमलाई मजदुरको हक हितको पक्षमा खर्च गर्न र त्यो रकमले श्रम अस्पताल स्थापना गर्न समेत आग्रह गरेका थिए ।
श्रम अस्पताल स्थापना भएपछि श्रमिक मजदुरका छोराछोरी,श्रिमती र घर परिवारको उपचार गराउन गयो भने ५० प्रतिशात छुट भैइ दिए भने मजदुरलाई राहत समेत हुने उनले बताए ।
७५३ वटा स्थानीय तहमा अब सरकारलाई पुग्न र श्रम डेक्स स्थापना गर्न समेत आग्रह उनले गरे । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष मोहन बस्नेत,केन्द्रिय समितिका माधव उपाध्याय,अरुण प्रसाद यादव,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,मजदुर,नेपाल ल्युब आयल लिमिटेड आमलेखगन्ज ईकाई समिति,नेपाल ट्रेड युनियन कांग्रेस बारा र पर्साका सदस्य,कलकारखानामा काम गर्ने श्रमिक,नेता तथा कांग्रेसका विभिन्न संगठनका प्रतिनिधिहरु लगायतको उपस्तिथि रहेको थियो
पर्साका अध्यक्ष एवम् मधेस प्रदेशका उपाध्यक्ष शिवबालक प्रसाद यादवले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन नेपाल ट्रेड युनियन कांग्रेस पर्साका सचिव हरेन्द्र महतोले गरेका थिए ।


