वीरगञ्जमा निःशुल्क रुपमा बिभिन्न किसिमका रोगहरुको उपचार गर्दै आएका काली कम्बल वाले बाबा सम्र्पकविहीन भएका छन् ।
बाबा आइतबार देखि सम्पर्कविहीन भएका हुन् । उनलाई प्रहरीले पक्राउ गरेर लगेको आरोप लगाइए पनि प्रहरीले यस आरोपलाई स्वीकार गरेको छैन ।
बाबाको शिवीरमा सहभागी र प्रहरी बिच झडप भएको छ ।बाबाले वीरगञ्ज चिनी मिल कारखानाको खाली जग्गामा उपचार गर्ने गरेका हुन् । प्रहरीमाथि उपचार गराउने आएकाहरुले ढुँगा मुढा गरेका थिए ।
सोही क्रममा केही बेर झडप समेत भएको थियो ।उपचार गराउन आएकाहरुले प्रहरीले बाबालाई पक्राउ गरेर लगेको आरोप लगाएका हुन् ।
बाबासित उपचार गराउन आएको बेलामा प्रहरीले आफुमाथि लाठी प्रहार गरेको बारा पिपडारीबाट उपचारको लागि आएकी एक महिलाले साझेदारी दैनिकलाई बताईन् ।
टाढाटाढा बाबामाथि विश्वास गरेर उपचार गराउन आएको बेलामा उपचार गराईरहेकै क्रममा बाबा गएपछि दुख लागेको बारा परवानीपुर गाउँपालिका ५ नौतन बस्ने लक्ष्मि ठाकुरले बताए ।
पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमारबिक्रम थापाले बाबालाई पक्राउ नगरिएको बताएका छन ।उनले बाबा उपचार गर्ने स्थानबाट सम्पर्कबिहीन भएपछि आयोजक मध्ये तीनजनालाई नियन्त्रणमा लिइएको जनाएका हुन् ।
केही दिन पहिले भारत घर भएका काली कम्वल वाले बाबाको नामबाट परिचित एक जना बाबा वीरगञ्जको चिनी मिलको जग्गामा आएर बिभिन्न रोगको निःशुल्क उपचार गर्ने भनि प्रचार प्रसार भएको थियो ।
त्यसपछि त्यहाँ ठुलो सँख्यामा पर्सा बारा सहित भारतबाट पनि उपचार गराउन आउनेहरुको भिड लागेको थियो ।बाबा एकाएक गायब भएपछि उपचार गराउन आएकाहरु र प्रहरीबिच झडप भएको थियो ।


