५६ लाख ५९ हजार बराबरको अबैध समान सहित ट्रक नियन्त्रणमा

संदिप प्रसाद यादव
269 पाठक संख्या

बारा प्रहरीले ५६ लाख ५९ हजार बराबरको अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकबाट बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.५६ लाख ५९ हजार ४ सय ३० रूपैया बराबरको अबैध समानहरू रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले बिहीवार जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित वीरगंजबाट भैरहवा तर्फ जादै गरेको ना.६ ख ०१३७ नम्बरको ट्रकमा लोड रहेको कपडा,मोटर र पाईप गरी अन्दाजी मुल्य रू.५५ लाख ४५ हजार २ सय ७० रूपैया बराबरको बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको समान प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले जिल्लाको कलैया उप–महानगरपालिका वडा नं. १० मटिअर्वा स्थित ना २२ पा ८७३५ र ना २१ प ८८८१ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको भन्सार छलीका किराना र कॉस्मेटिक समना अन्दाजी मुल्य रु.१ लाख १४ हजार १ सय ६० रुपैया बराबरको समान रहेको प्रहरीले जनाएको छ।

अवैध समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review