जीतपुरमा लेखा सम्बन्धी अडिट गर्ने लेखा सेवा केन्द्र खुल्यो

रञ्जन यादव
297 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा लेखा सम्बन्धि अडिट गर्ने लेखा सेवा केन्द्र खुलेको छ ।

एक कार्यक्रमकाबिच जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले लेखा सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सरकारले ब्यपारीहरुसँग एकद्धार प्रणालीबाट कर लिनुपर्नेमा जोड्दिनुभएको छ । सरकार र केहि अडिट कंम्पनि समेत ब्यवसायी मैत्री नभएको कारण ब्यापारिहरुले चौर्तिर्फ सास्ती खेप्नुपरेको दुखेसो ब्यक्त गर्नुभयो ।

उहाँले करको दायरा फराकिलो बनाउँने नीति अनुरुप उपमहानगरले निर्धारण गरेको कर प्रणाली परिवर्तन गरी बिवादस्पद करहरुको खारेजी तथा करदाताहरुलाई प्रोत्साहन कार्यक्रमहरु बनाउँनुपर्ने जोड दिनुभयो ।

त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय कुमार साहले ब्यवसायीहरुको मनोबल बृद्धि हुने कार्यक्रमहरु जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गर्नुपर्ने बताउँनुभयो ।

उनले सर्बसधारणले तिरेको कर जथाभाबी रुपमा खर्च गरियो जनता चुप लागेर नबस्ने जिकिर गर्नुभयो ।

नगर सभामा तोडफोडको घट्नालाई कोट्याउँदै जितपुरसिमरा उप महानगरपालिकाले जनप्रतिनिधिहरुलाई भ्रमण गराएर २० लाख खर्च गरेपनि उपलब्धी मुलक नभएको बताउँनुभयो ।

भ्रमणबाट राम्रो काम सिक्नुको बदला नगर सभामा आएर बिधंन्स मचाएर तोडफोडमा लागेको प्रति साहले आपत्ति जनाउँनुभयो । कार्यक्रममा संस्थाका प्रोप्राईटर डा.सन्तोष कुमार साहले संस्थाको कार्यको बिषयमा जानकारी दिनुएको थियो । उनले आफु २५ बर्ष देखि अडिट गर्ने ब्यवसायमा लागेको बताएका थिए ।

अडिट गर्ने,उद्योग,ब्यवसाय दर्ता गर्ने,प्यान,भ्याट दर्ता गर्ने,एन.एफ.आर.एस.अनुसार बासलात तयार गर्ने लगायतको काम गर्ने प्रोपाईटर साहले जानकारी दिनुभयो ।

बिभिन्न ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका प्रोप्राईटर डा.सन्तोष कुमार साहले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a review

This will close in 0 seconds