तीन दिने बाल विवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम देवतालमा

साझेदारी दैनिक
244 पाठक संख्या

कलैया : देवताल गाउँपालिकाको गाउँस्तरीय योजना अन्तर्गत वार्ड नम्बर ५ को पिप्राढीगोठ र धुरहा टोलमा तीन दिने बाल विवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

देवताल गाउँपालिकाको सहयोग तथा लक्की युवा क्लबको आयोजनामा छ चरणमा सो कार्यक्रम सम्पन्न भएको लक्की युवा क्लब सुवर्ण गाउँपालिका ६ का अध्यक्ष शेख महताब आलमले साझेदारी दैनिकलाई जानकारी दिए।

कार्यक्रममा तीन सय जना भन्दा बढी महिला तथा पुरुषहरुले भाग लिएका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवले बाल विवाह मधेश प्रदेशमा अहिले पनि हुने गरेको बताए।

शिक्षाको कमी तथा जनचेतनाको अभावमा बाल विवाहको समस्या समाजमा रहेको श्रीवास्तवले बताए । शिक्षाको पहुँच भन्दा बाहिर रहेका समाजमा यस्तो विकृति देखिएको उनले जनाए। शिक्षाको अभाव र दहेज प्रथाको कारण बाल विवाह न्यूनीकरणमा समस्या देखिएको उनले जनाए।

समाजमा केटा केटी बीच भेदभाव रहेको जनाउदै सरकारले समते बाल विवाह रोक्नको लागि विभिन्न कार्यक्रमहरु संचालन गरेको उनले जनाए। यस्तो भए पनि बाल विवाहको न्यूनीकरण हुन सकेको छैन।

महिलामा यस्को प्रत्यक्ष प्रभाव पर्ने गरेको जनाउदै यसले महिलाहरुको शारीरिक तथा आर्थिक विकासमा समेत प्रत्यक्ष प्रभाव पार्ने गरेको उनले जनाए। बाल विवाहकै कारण महिलाहरु विभिन्न किसिमको शारीरिक रोगहरु देखा पर्ने गरेको र उनीहरु परिपक्व नहुँदै आमा बन्ने कारणले गर्दा आमा र शिशु दुबैको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरेको उनले जानकारी दिए ।

प्रमुख प्रशिक्षक गोपाल प्रसाद यादव,अनिल कुमार कुशवाहा तथा सहायक प्रशिक्षक अखिलेश कुमार यादब,मन्जु कुमारी यादव र अशोक कुमार यादबले वालविवाह न्यूनिकरण सम्बन्धी जनचेतामूलक कार्यक्रमको सहजीकरण गरेका थिए।

देवताल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुरेश प्रसाद साहको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा विशिष्ट अतिथी लेखा प्रमुख मनिष प्रसाद साह,योजना तथा प्रशासन शाखा प्रमुख रोशन अली,सामाजिक विकास शाखा प्रमुख ललन पटेल,नवल किशोर यादव,वडा सदस्यद्वय कलाम बाबू अंसारी,वीरेन्द्र प्रसाद यादव,दलित महिला सदस्य रामजयोती चमैन,कार्यपालिका सदस्य कान्ती देवी लगायत स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds