शिक्षकहरुको बिरामी बिदा प्रमाणित गराउन सामुदायिक विद्यालयहरुलाई उपमहानगरको निर्देशन

रञ्जन यादव
569 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरका सामुदायिक बिद्यालयहरुलाई शिक्षकहरुको बिरामी बिदा प्रमाणित गराउँन निर्देशन दिएको छ ।

उपमहानगरपालिका क्षेत्र भित्र कार्यरत स्थायी शिक्षकहरुलाई एक बर्षको अवधिमा लिएको वा नलिएको बिरामी बिदा प्रमाणित गराउँन पत्राचार गरेको हो । शिक्षकहरुले बर्ष भरीमा १२ दिन बिरामी बिदा पाउँने प्रावधान रहेको छ ।

शिक्षकले बिरामी बिदा सञ्चित गरेमा प्रत्येक बर्ष त्यस्तो बिदा निरिक्षकबाट प्रमाणित गराउँनुपर्ने हुन्छ । कुनै ब्यहोराले शिक्षक आफनो सेवाबाट अवकाश भएमा उहाँको सञ्चित बिरामी बिदा बापत खाईपाई आएको तलब स्केलको दरले हुन आउँने रकम एक मुष्ट पाउँने ब्यवस्था रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

बिरामी बिदाको अद्यावधिक बिवरण तयार पारी प्रत्येक बर्ष उपमहानगरपालिकाको शिक्षा महाशाखाबाट प्रमाणित गर्न सम्बन्धित बिद्यालयको प्रधानध्यापकको रहने जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक बिद्यालयको नाममा जारी गरेको पत्रमा उल्लेख छ ।

बिरामी बिदा प्रमाणितको लागि प्रधानध्यापकहरुलाई सकल हाजिर रजिष्ट्रर सहित तोकिएको फर्मेटमा आउँन जीतपुरसिमरा उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकालाई राष्ट्रिय किताबखाना (शिक्षक म्युजियममार्ग),छाउँनी काठमाडौँले चैत्र ४ गते बिरामी बिदा प्रमाणित गर्न पत्र लेखेको थियो ।

Leave a review

This will close in 0 seconds