कलैया :बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतीबाग स्थित एक घरमा आईतबार राती चोरी भएको छ ।
चोर समुहले स्थानीय सुरेश साहको घर पछाडीको ढोका बाट घर भित्र प्रवेश गरी सुन चांदीको गर गहाना,नगद रु ९० हजार रुपैया चोरेर लगेको पिडीत परिवारले जनाएका छन ।
साहको श्रीमति उक्त टोलमा भईरहेको हनुमान अराधनामा हेर्न गएको मौका छोपी चोर समुहले चोरी गरेको पिडीतले बताए । चोरको घटना बारे जिल्ला प्रहरी कार्यालय बारालाई समेत जानकारी गराएको साहले बताएका छन ।
बिगत केही महिनादेखी बाराको सदरमुकाम कलैया लगायत जिल्लाको विभिन्न स्थानहरुमा चोरहरुको समुह सकृय भएका छन । केही दिनपहिले बाराको सिमरामा पनि चोर समुहले एक घरमा चोरी गरेका थिए ।
यस्तै दुई दिन पहिले बारागढी गाउपालिको विशुनपुर्वामा पनि स्थानीय मुकेश कुमार जयसवालको आफ्नै घरमा पार्किङ गरी राखेको आटीआर मोटरसाईकल रातीको समयमा चोरहरुले चोरी लगेको पिडित जयसवालले बताएका छन ।

