पाँच बर्षसम्म नविकरण नभएको हातहतियार बुझाउन जिल्ला प्रशासन पर्साको अनुरोध

साझेदारी दैनिक
430 पाठक संख्या

जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार नविकरण गराउन सुचना जारी गरेको छ ।

लामो समयसम्म पर्सामा ईजाजत प्राप्त हातहतियारहरु नविकरण नभएकोले समयमै नविकरण गराउन प्रशासनले सुचना जारी गरेको हो ।

जिल्ला प्रशासनले पाँच बर्ष सम्म नविकरण नभएका हातहतियार बुझाउन पनि सुचनामार्फत अनुरोध गरेको छ ।जिल्ला प्रशासनले एक सुचना जारी गरि इजाजत प्राप्त व्यक्ति संस्थाहरुले हाहतियार नविकरण नगराएको कार्यालयको अभिलेख बाट देखिएकोले यथाशिघ्र आफुसँग भएको हतियार सहित स्वयं उपस्थित भई अनिवार्य रुपमा नविकरण गराउन भनेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार घिमिरेद्वारा हस्ताक्षरित सुचनामार्फत ५ वर्ष भन्दा बढि समय नविकरण नभएका सबै हातहतियार खरखजाना र इजाजतपत्र नजिकको जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालयमा अनिवार्य बुझाउन र प्रहरी निकायको भरपाइ जिल्ला प्रशासन कार्यालयमा बुझाई लगत कट्टा गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

हातहतियार समयमा नविकरण नगरे वा बझाउनुपर्ने हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि सुचनामा जनाइएको छ ।

Leave a review

This will close in 0 seconds