कलैया : बाराको सदरमुकाम कलैया रहेको राजलक्ष्मी रिलिफ हस्पिटल प्रा.लि पुनः संचालनमा आएको छ । झण्डै चार महिनादेखी बन्द रहेको हस्पिटल अब ५० बेड क्षमता र आधुनिक सेवासहित सोमबारदेखि पुनः सञ्चालनमा आएको हो ।
यसअघि कलैयाको अस्पताल रोडस्थित बेलपाति मन्दिर नजिक रहेको यो हस्पिटल अबदेखी कलैया उपमहानगरपालिका–५ बालमन्दिर अगाडि नयाँ भवनमा संचालन हुन थालेको हो ।
हस्पिटलका कार्यकारी निर्देशक अरुण खनालले सोमबार पत्रकार सम्मेलनमार्फत अत्याधुनिक र विस्तारित सेवासहित हस्पिटल सञ्चालनमा आएको जानकारी गराएका छन्। निर्देशक खनालका अनुसार अब कमीकमजोरी सुधार गरी आधुनिक प्रविधियुक्त सेवासहित नयाँ भवनबाट सेवा प्रदान भइरहेको बताए।
उनले भने, “गरिब, अति विपन्न, दलित तथा पीडित समुदायका लागि सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने हाम्रो प्राथमिक उद्देश्य हो। आर्थिक रूपमा कमजोर र असहाय परिवारका बिरामीलाई विशेष छुटसहित उपचार उपलब्ध गराइने छ।
हस्पिटलले २४ घण्टा इमर्जेन्सी सेवा, आईसीयू, एनआईसीयू, ओपीडी, पोस्ट(अप, शल्यक्रिया ९अपरेशन० सेवा तथा फार्मेसीलगायतका सुविधा विस्तार गर्दै सञ्चालनमा आएको जानकारी खानाले बताएका छन ।








