बाराको कलैयामा रहेको प्रसिद्ध सिद्धेश्वर महादेव मन्दिरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको उपलक्षयमा मंगलवार जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको सिद्धेश्वर मन्दिर,पोखरी बृहत सरसफाई गरीएको हो ।
उक्त सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्का,प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,सिद्धेश्वर माविमका प्रधानाध्यापक छविरमण सुवेदी लगायत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा स्थानीयबासीहरु गरी अन्दाजी ९५ जनाको सहभागितामा रहेको थियोे ।
यस्तै गणतन्त्र दिवसकै अवसरमा प्रहरी कार्यालयका मातहत रहेका सम्पुर्ण प्रहरी ईकाइ कार्यक्रमले सो क्षेत्रका मठ,मन्दिर सरसफाई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


