बारामा पनि सुरु भयो “समुदायमा कांग्रेस अभियान”

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 204 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारामा नेपाली कांग्रेसको “समुदायमा कांग्रेस अभियान” मङ्गलबारदेखि सुरु भएको छ ।

बाराको नेपाली कांग्रेस पार्टी कार्यालय बी.पी.स्मृति भवन कलैयाको सभा हलमा मंगलवार भएको विस्तारित बैठकले केन्द्रिय परिपत्र अनुसार समुदायमा कांग्रेस अभियान सबै वडामा सुरु गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेशराय यादवको अध्यक्षतामा सो बैठक भएको हो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि एवम् केन्द्रिय सदस्य अनिलकुमार रुंगटाले कलैया उपमहानगरपालिका वडा नम्बर ९ रमपुरबाट वृक्षारोपण गरी यो अभियान शुरु गरेका हुन् ।

बाराको एक सय ६७ वटा वार्डमा “समुदायमा कांग्रेस अभियान” सञ्चालन हुनेछ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान माघ १६ देखि २६ गतेसम्म हुनेछ । जनताका अपेक्षा,सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन जिल्लाको सबै वडामा सञ्चालन गरिने जनाईएको छ ।

समुदायमा पुगेर जनताका अपेक्षा,सुझाव र गुनासा सुन्ने, स्थानीस्तरमा सेवा प्रवाहको अवस्था,विकास निर्माण,समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यावयनका लागि पहलकदमी लिने र पार्टीको नीति निर्माणमा नीतिगत मार्गदर्शनको रुपमा लिने अभियानको उद्देश्य रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री कलावती पासवान,पुर्व प्रदेश सभा सदस्य मिना लामा,पुर्व सचिव तेजनारायण साह,उप सभापति अमिरी पाल,रामप्रवेश यादव,बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,निजगढका पुर्वनगर प्रमुख सुरेश खनाल,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल तथा नगर सभापति पुरुषोत्तम सिंह पाण्डे लगायतले सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा मधेश कांग्रेस प्रतिनिधि खटिएका प्रदेश सदस्य,जिल्लाका पदाधिकारी,नगर सभापति,वडा सभापति, कांग्रेसका नेता तथा कार्यकर्ता,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review