कलैयाले पनि दियो दुई दिन विद्यालयमा जाडो बिदा

साझेदारी दैनिक
296 पाठक संख्या

कलैया : अत्याधिक चिसो बढेपछि बाराको कलैया उपमहानगरपालिकाले उपमहानगर क्षेत्र भित्रको सामुदायिक तथा संस्थागत बिद्यालयमा दुई दिन जाडो बिदा दिईएको छ।

प्रतिकुल मौषमको कारण कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत राजिव कुमार यादवले बुधबार एक सार्वजनिक सूचना जारी गरी बिद्यालयमा बिदा दिईएको जानकारी गराएका हुन ।

मौषम परिवर्तन भई अत्याधिक चिसो बढेकाले बिद्यालयका बालबालिकाहरुको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गरी उपमहानगरपालिका भित्र रहेको सबै बिद्यालयहरुमा पुस २५ गते बिहीबार र पुस २६ गते शुक्रबार बिद्यालयमा बिदा दिईएको हो ।

बर्षे बिदाबाट कटृा हुने गरी हाललाई दुई दिन बिदा दिईएको उपमहानगरपालिकाको शिक्षा महाशाखा जनाएकोे छ ।

Leave a review