जीतपुरसिमराले ९५ जना शिक्षकको दरबन्दी मिलान

रञ्जन यादव
304 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका ९५ जना शिक्षकको दरबन्दी मिलान गरेको छ ।

नगर शिक्षा समितिको बैठकले माध्यमिक तहका ११ जना,निमावि तहका २० र प्रावितहका ६४ जना शिक्षकको दरबन्दी मिलान गरेको हो ।

शिक्षा समितिका संयोजक राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा दरबन्दी मिलानको निर्णय गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

गत वर्ष जीतपुरसिमरा उपमहानगरपालिकाले ८४ जना शिक्षकहरुको दरबन्दी मिलान गरेको थियो । शिक्षाको गुणस्तरता बृद्धि गर्ने उदेश्यले उपमहानगरपालिकाले सामुदायिक शिक्षालाई सुधार गर्नतर्फ बिभिन्न क्रियाकलाबहरु गरिरहेको छ ।

Leave a review

This will close in 0 seconds