संविधान दिवसको अवसरमा कोल्हवीमा प्रभातफेरी हुदै

साझेदारी दैनिक
316 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवी नगरपालिकामा संविधान दिवसको असवरमा प्रभात फेरि कार्यक्रम हुने भएको छ।

नगरपालिकाले असोज ३ गते आज संविधान दिवस तथा राष्ट्रिय दिवसको प्रभातफेरी कार्यक्रममा गर्न लागेको हो ।

नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै बुधवार असोज ३ गते प्रभातफेरी कार्यक्रममा सहभागि हुन सवैलाई अनुरोध गरेको छ । जारी सूचनामा यस नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि ,सामुदायिक बिधालय ,नगरपालिका मातहतका वडा कार्यालय ,स्वास्थ सस्थाका कर्मचारीहरु,बैक तथा बितिय सस्था,सहकारी सस्था लगाएत सम्पुर्ण सरोकारवालाहरुलाई उपस्थिती हुन अनुरोध गरेको छ ।

नगरपालिकाले संविधान दिवस २०८० तथा राष्ट्रिय दिवसलाई सभ्य र भव्य तरिकाले सफल पारिदिन हुन सुचना मार्फत सवैमा अनुरोध गरिएको छ। प्रभात फेरी कार्यक्रम बिहान ७ बजे शुरु हुने नगरपालिकाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds