Sajhedari Daily
Latest News from Nepal

डिभिजन बन कार्यालय बाराले काठसहित तीन जना पक्राउ

Top Aside Banner

रञ्जन यादब/
बाराको हलखोरिया सब डिभिजन बन कार्यालय, डुमरबानाले काठसहित तीन जनालाई पक्राउ गरेको छ ।

डिभिजन बन कार्यालय सिमरा अन्तर्गत रहेको उक्त कार्यालयले गएराती गस्ती गर्ने क्रममा करिब ६ क्युफिट काठ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ डाँडा गाउँ बस्ने बर्ष २९ का चस्मे लाल बल , बर्ष ३६ को पलसङ बहादुर बल र बर्ष ३६ का दईब लाल बल रहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले साझेदारीलाई जानकारी दिनुभयो ।

त्यस्तै मधुबन सब डिभिजन कार्यालयले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ लुकाई राखिएको चिरान काठ बरामद गरेको छ ।

नेपाल प्रहरी मधुबन र जैतापुर सुरक्षा टोलीको सहकार्यमा गरिएको गस्तीमा रामबन बाँसको झाँगमा ९.०४ क्युफिट काठ र सोही ठाउँको एक घरबाट ४.८६ क्युफिट काठ गरी जम्मा १३.९ क्युफिट काठ बरामद भएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

बरामद चिरानको काठ मधुबन सब डिभिजनमा सुरक्षित घाटगद्धी गरीएको छ ।

पक्राउ परेकाहरुलाई डिभिजन बन कार्यालय बाराको नियन्त्रणमा राखि अनुसन्धान कार्य अगाडि बढाईएको अहमदले जानकारी दिनुभयो ।