उपभोक्ता हित संरक्षण मञ्च पर्साले दियो नेपाल बिमा प्राधिकरणलाई ज्ञापनपत्र

साझेदारी दैनिक
280 पाठक संख्या

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश मार्फत केन्द्रिय कार्यालय ललितपुरलाई उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले ज्ञापनपत्र बुझाएको छ ।

समिति पर्साका अध्यक्ष सुनिल श्रेष्ठको नेतुत्वमा गएको टोलिले सो ज्ञापनपत्र बुझाएको हो । टोलीले नेपाल बिमा प्राधिकरण मधेस प्रदेशका प्रमुख कुसुम शर्मालाई वीरगंजको आदर्शनगर स्थित उनकै कार्यकक्षमै पुगि ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा नेपाल बिमा प्राधिकरणले २०८० असोज देखि लागु हुने गरी जारी गरेको बिमा निर्देशिका नेपालको संविधान २०७२ को धारा ४४ ले मौलिक हकको रुपमा स्थापित गरेको उपभोक्ता अधिकार र सार्वभौम संसदले पास गरेर उपभोक्ता अधिकार स्थापित गर्न जारी गरेको हो ।

उपभोक्ता ऐन २०७५ को दफा ६ मा व्यवस्था गरेको उपभोक्ताको छनौटको अधिकार समेतलाई कुण्ठित गर्दै राज्यको जिम्मेवार नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीका लगानीकर्ताको हितमा ऐनमा उल्लेख गरेर स्थापित गरेको उपभोक्ता अधिकारलाई निर्देशिका मार्फत बिभेदकारी तरिकाबाट कुण्ठित गरेको ज्ञापनपत्रमा लेखिएको छ ।

बिमा निर्देशिका २०८० तुरुन्त परिमार्जन गरी बिमा बजार सर्वसाधारणको पहुँचमा पुग्ने गरी बिमा दररेट सस्तो बनाउदै सबै जोखिमको दररेट स्वेच्छिक बनाउदै उपभोक्ता ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता छनौट गर्न पाउने अधिकारको सम्मान गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालले माग गरेको छ ।

त्यसैगरी नेपाल बिमा प्राधिकरणले बिमा सचेतनाका लागि गाउँ गाउमा बिमा उपभोक्ताका लागि बिमा प्राधिकरण र बिमा कम्पनी मार्फत अनिवार्य रूपमा बिमा सचेतना कार्यक्रम चलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

आगामी दिनमा बिमा सम्बन्धी कुनै पनि नीति नियम बनाउदा उपभोक्ताको समेत प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्नुहुन समेत ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने टोलिमा पर्सा उपाध्यक्ष अजित कुमार भुजेल,कोषाध्यक्ष रचेन्द्र सिंह थापा,सदस्य मनोज गुप्ता,राकेश सुबेदी, गजेन्द्र महतो लगायतका पुगेका थिए ।

Leave a review

This will close in 0 seconds