कलैयामा दीप प्रज्वलन गरि मनाइयो बलिदानी दिवस

संदिप प्रसाद यादव
958 पाठक संख्या

कलैयामा जसपा,लोसपा र जनमत पार्टीले छुट्टा छुट्टै बलिदानी दिवस मनाइएको छ ।

दीप प्रज्वलन गरी देशको १७ औं तथा मधेश प्रदेशको छैठौं बलिदानी दिवस यी दलहरुले मनाएको हो ।

बाराको सदरमुकाम कलैयामा रहेको भरत चौकमा जसपा,लोसपा र जनमत पार्टीको आयोजनामा शुक्रबार सो दिवस मनाइएको हो ।

सहिदहरुको फोटोमा अबिर र माला अर्पण गरी श्रद्धाञ्जलि सहित दीप प्रज्वलन गरी १७ औं बलिदानी दिवस मनाइएको हो ।

तीन वटै पार्टीले छुट्टाछुट्टै समयमा भरत चौकमा दीप प्रज्वलन गरी १७ औं बलिदानी दिवस मनाएको हो ।

सो दीप प्रज्वलन कार्यक्रम समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेको नेतृत्वमा भएको थियोे ।

उक्त कार्यक्रममा पूर्व संविधान सभा सदस्य प्रमोद गुप्ता, बारा क्षेत्र –२ का पूर्व प्रदेश सभा सदस्य एवम केन्द्रिय सदस्य पारस प्रसाद साह, जसपा पार्टी मधेस प्रदेशका अध्यक्ष एवम् बारा क्षेत्र –३ का प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादव र कलैया उपमहानगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रन्जित चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेल,सन्तोष पटेल,बिन्दाचल यादव, नेता तथा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

मधेस आन्दोलनमा सहिद भएका परिवारलाई दोसला ओढाइ जनमत पार्टी बाराका जिल्ला इन्चार्ज शिवनाथ पटेलले सम्मान गरेका थिए ।

लोसपा पार्टी बाराका अध्यक्ष नवलकिशोर सिंह,जय प्रकाश साहको पनि सो कार्यक्रममा सहभागिता रहेको थियोे ।

Leave a review

This will close in 0 seconds