बरेवा बोयेज स्पोर्टस एण्ड फिटनेश क्लबको पुर्वप्रदेश सभा सदस्य पारस प्रसाद साहले उदघाटन गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ७ बरेवा बैरिया स्थित छठियामाई घाटको प्राङ्गणमा बनेको उक्त फिटनेश क्लबको पुर्व प्रदेश सांसद साहले शनिबार एक कार्यक्रमबिच उदघाटन गरेका हुन् ।
सांसद साहले सो अवसरमा बोल्दै स्वास्थ नागरिकका लागि फिटनेशको आवश्यकता रहेको बताएका छन ।
यस्ता क्रियाकलापले युवाहरुमा आँट,जाँगर र उर्जा थप्ने एवम् शरिरलाई तन्दुरुस्त बनाउन सहयोग पुग्ने साहले बताएका छन । उनले हरेक वडा तहसम्म युवाहरुका लागि स्पोर्ट एण्ड फिट्नेसको व्यवस्था गर्न जरुरी रहेको बताए ।
रामजानकी पोखरी,सिदेश्वर मन्दिर र छठियामाई घाट पोखरीलाई पर्यटकीय स्थल बनाउनलाई मधेस सरकारसंग पहल गर्ने सांसद साहले जनाए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साहले अहिले पनि क्लबमा कमि रहेकोले हल सेलिङग,पेन्ट र म्याट डेकोरेशनका लागी थप ५ लाख रुपैयाँ र साइकल रनिङ मेसिन सहयोग गर्ने बताएका छन ।
कलैयामा एउटा राम्रो कबर्ड हल बनाउने उनले बताए । खेलाडीहरु दुख खेलाडीले मात्र बुझछ समेत साहले भने,छठियामाई घाट पोखरीमा दैनिक मर्निङ वाल्क गर्नेहरुको भिड हुने गरेको पार्कको आवश्यकता रहेकोले उक्त पोखरीलाई पार्क बनाउने समेत नगर प्रमुख साहको भनाई छ ।
कलैया उपमहानगरपालिकाले जिम क्लबका लागि रु.५ लाख र वडा नम्बर ७ ले रु.२ लाख गरि जम्मा रु. ७ लाख बराबरको जिमका खेल सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष राजाबाबु गुप्ताले बताए ।
बरेवा बोयेज स्पोर्टस एण्ड फिटनेश क्लबका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका सचिव अमित मिश्रा,नेपाल मजदुर किसान पार्टी बाराका इन्चार्ज मुक्ति यादव र वार्ड नम्बर ७ का वार्ड अध्यक्ष सैफुल्लाह अन्सारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा वडा सदस्य सुरेश यादव,कार्यपालिका सदस्य कल्पना अधिकारी,गिता देबि,क्लबका सल्लाहकार हरिशंकर जैसवाल,क्लबका पुर्व अध्यक्ष रितेश जैसवाल,समाजवादी विद्यार्थी संघ बाराका अध्यक्ष सुजित पाण्डे,पुरुषोत्तम साह,आमोद गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।
दुर्गा पुजा समिति बरेवाका अध्यक्ष सुरेश मोदकले स्वागत गरेका थिए भने सो कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।

