दुई महिला सहित एक सय एकतीस जनाले गरे रक्तदान

साझेदारी दैनिक
345 पाठक संख्या

प्रहरी चौकी इनर्वा वीरगञ्जको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया तथा वीरगञ्ज वडा नं २ र १६ को सहयोगमा शनिबार वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा दुई जना महिलासहित एक सय ३१ जनाले रक्तदान गरेका छन् । वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटमा सो कार्यक्रम भएको हो ।

रक्तदान गर्नेहरुमा अनिषा गौतम,सिता क्षेत्री रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारती,वडा न.२ का वडाध्यक्ष मोहम्मद रेयाज मिया तेली,वडा सदस्य बसिर मिया हजाम, राजेन्द्र भट्टराई लगायतकाले रक्तदान गरेका हुन् ।

रक्तदान जीवन दान हो भन्ने मूल नारा सहित सो कार्यक्रम भएको हो । गर्मीको समयमा रगतको अभाव देखिएकोले अस्पतालमा उपचार गराउन आउने बिरामी ब्यक्तिहरुलाइ सहयोगको भावना राखेर कार्यक्रमको आयोजना गरिएको इनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जकी दिलमाया घिमिरेको प्राबिधिक टोलिले प्राबिधिक सहयोग गरेको थियो ।

Leave a review

This will close in 0 seconds