कलैया : बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ४० जना गरिब तथा विपन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।
राष्ट्रिय युवा संघ नेपाल बाराका जिल्ला अध्यक्ष सद्दाम अंसारीको पहलमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीलाई ब्याग, कपी, कलम, पेन्सिल, इरेजर र सार्पेनेर वितरण गरिएको हो।
एसएमसीको सहयोगमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पप्पु सिंह, शिक्षक यारमहम्मद अंसारी, युवाहरु अकबर मिया, तुफान अन्सारी, जोखन साह, सन्दिप राम, प्रवेज अन्सारी, अर्जुन मिश्र लगायतकाको उपस्थिति रहेको थियो।
सरकारी विद्यालयमा गरिबको छोराछोरी मात्र पढ्ने भएकोले कम्तिमा ६ महिनालाई पुग्ने गरी ब्याग र १÷२ महिनासम्म पुग्ने कलम कपी वितरण गरिरहेको जिल्ला अध्यक्ष अन्सारीले साझेदारी दैनिकलाई जानकारी दिए।

