पौने दुई करोड भन्दा बढीको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
405 पाठक संख्या

पौने दुई करोड भन्दा बढीको सामानसहित दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजश्व छलिएको सामान भएको आशंकामा प्रहरीले वीरगञ्ज महानगरपालिका २५ चण्डाल चोकमा जाँच गरेको थियो ।

जाँचको क्रममा ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूमा लोड रहेको विभिन्न सामानहरु नियन्त्रणमा प्रहरीले लिएको थियो ।

दुबै ट्रकमा लोड रहेको एक करोड ८२ लाख ६ हजार ४३८ बराबरको काजु,ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू बरादम गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नजायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

ट्रकसहित सामानहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

Leave a review

This will close in 0 seconds