निजगढ : उमेश घलान/ वाई.सि.एल.नेपाल निजगढ नगरको दोस्रो अधिवेशनको भेलाले सुदर्शन थपलियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
माओवादी केन्द्र निकट रहेको युवा कम्युनिस्ट लीग (वाईसिएल) निजगढ नगरको शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले थपलियाको नेतृत्वमा नया कमिटी चयन भएको हो ।
कुल ४३ सदस्यीय रहने नवगठित नगर कमिटीमा उपाध्यक्षमा पुर्ण बहादुर खड्का (उमेश),सानुमाया गोले र रबि वाईबा चयन भएका छन्। सचिवमा पृथ्वी मोक्तान,सहसचिवहरूमा सन्तोष खड्का,मेलिना जिम्बा र सिद्धिलाल मोक्तान तथा कोषाध्यक्षमा लिलाबहादुर सापकोटा चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा कोपिला बल,सुरेश पाख्रिन,बिजय घलान,सम धामी (फुच्चे),रोजन कुमर,हिमेश जिम्बा,नेमा जिम्बा,धन बहादुर स्याङ्बो,सुरज गरो,कलावेत धामी,दिलिप थापा मगर,संजिव वाईबा,धनबहादुर थोकर,कमल स्याङ्तान र शेख साहिद लगायतका चयन भएका छन ।
सम्मेलन वाई.सि.एल. नेपाल निजगढ नगर कमिटीका अध्यक्ष भिम लोप्चन (बाबु) को अध्यक्षता भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ रहेका थिए । अधिवे उद्घाटनमा प्रमुख अतिथि श्रेष्ठले गर्नभएको थियो ।
उद्घाटन समारोहमा मधेस प्रदेश कमिटी सदस्य एवं निजगढ नगर इन्चार्ज रबिराज दंगाल,वाईसिएल नेपालकी केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज रुकु पाख्रिन,वाईसिएल नेपाल बारा जिल्ला अध्यक्ष शुभनारायण पटेल,वाईसीएल नेपाल बारा जिल्ला सचिब बिसन सापकोटा,कलैया उपमहानगरपालिकाका पार्टी अध्यक्ष मुकेश साह र पुर्व जिल्ला कमिटि सदस्य बेनि बहादुर मोक्तानलगायतले नव निर्वाचित शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।

